आङ्बुहाङ मुख्यमन्त्रीको दाबेदार

हेल्प खबर
२६ बैशाख २०७७, शुक्रबार १८:२४

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् प्रदेश १ संसदीय दलका उपनेता टङ्क आङ्बुहाङले प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने अवस्था आएमा आफ्नो दावी रहने बताएका छन् ।

 

दलको उपनेताको हैसियतले प्रदेश सरकारको नेतृत्वको दावी स्वाभाविक हुने बताउँदै आङ्बुहाङले पार्टीको पद्धति र संस्थागत निर्णयलाई भने आपूmले मान्ने बताउनुभयो ।शुक्रबार समसामयिक राजनीतिक अवस्था र आगलागी लगायत ताप्लेजुङका घटनाक्रमका बारेमा सस्थानीय  सञ्चारकर्मी भेटघाट गर्दै प्रदेशसभा सदस्य आङ्बुहाङले अहिलेको नेकपा भित्रको विवाद पार्टी बिभाजन उन्मुख नरहेको दावी गर्नुभयो । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली नेतृत्वको सङ्घीय सरकारले दुईवटा अध्यादेश ल्याएसँगै नेकपाभित्र अहिले केही विवाद र तरङ्ग आएपनि त्यो बिस्तारै हल हुँदै जाने उनको भनाइ छ । तत्कालीन एमाले र माओवादी केन्द्र दुवैले टुटफुट र विभाजनको सामना गरेरै आएको बताउँदै  ऐतिहासिक एकतामार्फत एउटै कम्युनिस्ट पार्टी निर्माणको अभियान सुरु भएकोले सानातिना आन्तरिक समस्या आउनु स्वाभाविक भएको उहाँले बताउनुभयो । यतिबेला पाटीभित्र आन्तरिक असझदारी हुँदै गर्दा कसैले नेकपा बिभाजन उन्मुख हुँदै गयो भन्नु गलत हुने उहाँको तर्क छ । उहाँले जिम्मेवारी र शक्ति बाँडफाँडसँगै संस्थागत कमजोरीलाई सुधारेर नेकपा अझ मजबुत बन्ने जानेमा आपूm विस्वस्त रहेको पनि बताउनुभयो ।

 

यता नेकपाभित्रको अहिलेको तरङ्गसँगै प्रदेश सरकारको नेतृत्व परिवर्तन सम्मका चर्चाहरु आइरहेका छन् । सोही चर्चाको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रदेश सरकारको नेतृत्व परिवर्तनका अवस्था आएमा आङ्बुहाङले आफ्नो दावी रहने बताउनुभएको हो ।उहाँले ताप्लेजुङका अग्नि पीडितहरुका लागि राहात तथा पुनःस्थापनाका पहलका लागि आपूmले कहीँ पनि कमी हुन नदिने बताउनुभयो । उहाँले सङ्घ, प्रदेश र स्थानीय तीनै तहको सरकारसँग समन्वय गरेर अग्निपीडितको पुनःस्थापनाका लागि पहले गर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*