पुनर्स्थापना भयो भने प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री खोज्दै मैकहाँ आइपुग्न बेर लगाउनुहुन्न: ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापना केहीगरी भइहाले प्रचण्ड र माधव नेपाल हल बाँधेर प्रधानमन्त्री खोज्न निस्कने बताएका छन्।
आइतबार आफू निकट युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दैं प्रतिनिधि सभा पुनर्स्थापना नहुने जिकीर गरेका प्रधानमन्त्री ओलीले यदि पुनर्स्थापना भएमा प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री हुने सम्भावना नरहेको बताएका हुन्।
‘जस्तोसुकै परिस्थिति आए पनि सामना गर्छु भन्दा डिफेन्सिफ भयो,’ प्रचण्डलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यसलाई लगेर प्रतिनिधि सभा विघटन बदर हुने भएछ त्यसकारण यसो भन्यो भन्न मिल्छ पुनर्स्थापना भयो भने के हुन्छ भन्ने अदालतलाई थाहा भएको ओलीको भनाइ छ।
‘पुनर्स्थापना भयो भने यहाँ के हुन्छ भन्दा प्रचण्डजी र माधव नेपालजी हल बाँधेर प्रधानमन्त्री खोज्न हिँड्नुहुन्छ। कहिले यसो उत्तरतिर कहिले यसो दक्षिणतिर लाग्नुहुन्छ। प्रधानमन्त्री भइदिनुस् न त्यति मानिदिनुस् न भन्नुहुन्छ। उहाँहरूको कुनै चान्स छरु कुनै संभावना छ प्रधानमन्त्री हुनेरु एकभन्दा पनि तलतल प्रतिशत छैन उहाँहरूको संभावना। लडाइँ जित्नुभयो भने उहाँहरूले प्रधानमन्त्री खोज्दै हिँड्नुपर्छ। खोज्दै हिडेर अन्तिममा मैकहाँ आइपुग्न बेर लगाउनुहुन्न।’
उनले भ्रममा नपर्न आग्रह गर्दै सूर्य चिन्ह आफूहरूले नै पाउने बताए। प्रचण्ड एकपटक पनि सूर्य चिन्हबाट चुनाव नलडेको उनले बताए। आफू २०४८ सालदेखि सूर्य चिन्हमा चुनाव लड्दै आएको ओलीले बताए।उनले देश ठिक बाटोमा जाने पनि बताए। लोकतन्त्र र संविधान तलमाथि पर्न नदिने दाबी गरेका छन्।
उनले जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न आफू हिँडेको भन्दै डिफेन्सिफ नभएको बताएका छन्। केही दिन अगाडि प्रचण्डले ओली डिफेन्सीफ भइसकेको बताएका थिए।
उनले आफू ७० वर्ष पुगेकोले खुसी नभएको पनि बताए। असी पुग्न १० वर्ष बाँकी रहेको र बाँचिएको र स्वस्थ्य भएकोले आफू खुसी नै रहेको उनले बताए।उनले युवाहरूलाई झिँगा होइन कर्मीमाहुरी हुन पनि आग्रह गरेका छन्। अहिले पनि आफू युवा नै रहेको र १८ घण्टा काम गर्ने उनले बताए।
‘म बुढो हुन मिल्दैन। म युवा संघको आजिवन सदस्य छु। युवा संघको सदस्य बूढो हुन मिल्योरु’ उनले भने। उनले कुनै पनि तहका संगठनमा गुटबन्दी नहुने बताएका छन्।