पूर्व विद्यार्थीबाट आगलागी पीडितलाई राहत वितरण

हेल्प खबर
११ फाल्गुन २०७७, मंगलवार १६:०१


ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउपालिका वडा १ मा दुई हप्ता अघि आगलागी भएको आगलागी पीडितलाई राहत वितरण गरिएको छ ।
सिनाम उच्च माविका २०६३ सालका समूहले मंगलवार राहत वितरण गरेको हो । आगलागी पीडितहरु शान्ति राम गिरी टेकनाथ गिरी ,दिपेन्द्र गिरी ,दिपक गिरीको परिवारलाई एक लाख ५४ हजार ८६२ रुपैया वितरण गरेको सो सम्योजन समितिका सदस्य तथा युवा नेता सन्तोष प्रसाईले बताए । उनले सिनाम माविका प्रधानअध्यापक महेन्द्र गौतमको हातवाट राहत रकम हस्तान्तरण गरेको समेत जनाए ।
े साविक सिनाम गाविस वडा ५ मा गत माघ २० गते ४ घरका आगलागीमा ४ घर जलेर नष्ट भएको थियो ।प्रसाईले आफनो गाँउ ठाँउमा पीर मर्का परेकोहरुलाई सानो सहयोग मात्र गरेको बताउदै सवैलाई सहयोग गर्न आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*