प्रचण्ड-नेपाल समूहको प्रेस संगठन नेपालको इन्चार्जमा योगेश भट्टराई

हेल्प खबर
९ फाल्गुन २०७७, आईतवार १७:४६

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहले स्थायी कमिटी सदस्य योगेश भट्टराईलाई प्रेस संगठन नेपालको इन्चार्ज तोकेको छ ।

पार्टी विभाजन हुँदा राजेन्द्र गौतम नेकपा ओली समूहमा लागेपछि रिक्त स्थानमा भट्टराईलाई तोकिएको हो

advertisement

संगठनको सहइन्चार्जमा विष्णु रिजाल थपिए उनी यसअघि विदेश विभाग उपप्रमुख थिए । साथै महेश्वर दाहाल र ओम शर्मा यसअघि नै सहइन्चार्ज रहेका छन् ।

advertisement

नेकपा एमाले र माओवादी एकतापछि प्रेस संगठनका सहसंयोजक रहेका गणेश बस्नेत ओली समूहमा लागेपछि रिक्त स्थानसहित थप पदाधिकारी समेत बनाइएको छ । 

प्रेस संगठनको पदाधिकारी समेत यो समूहले टुंग्याए लगतै महेश्वर दाहाल संयोजक, सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णुप्रसाद सापकोटा जुगल र महासचिव राजेश राई चयन भएका छन् । भने, १९ सदस्यीय केन्द्रीय कार्यालय पनि बनाइएको संयोजक दाहालले बताएका छन् ।

केन्द्रीय कार्यालय प्रचण्ड-नेपाल समुहका तर्फबाट ५०-५० प्रतिशतको अनुपातमा बनाइएको छ । जस अनुसार केन्द्रीय कार्यालयमा पूर्वएमालेबाट सइन्द्र राई, नरेन्द्र साउद, रामकुमार एलन, अमृतनाथ तिमल्सिना, शुरोजंग पाण्डे, हेमकर्ण विक र चमिना भट्टराई छन् । भने, पूर्वमाओवादीबाट मनोज घर्तिमगर, देवराम यादव, कमल गिरी, विवेक गौतम, मौसम रोकामगर, सुरेशचन्द्र अधिकारी, गंगा बराल र ध्रुव बुढाथोकी रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*