मिङमाकामीको अध्यक्षतामा बन्यो सम्पर्क मञ्च सम्मेलन आयोजक कमिटी

हेल्प खबर
२७ पुष २०७७, सोमबार ०९:३४

काठमाडौ । ताप्लेजुङ काठमाडौं सम्पर्क मञ्चलाई सम्मेलन आयोजक कमिटीमा रुपान्तरण गरेको घोषणा गरेका छ । मिङमाकामी शेर्पाको अध्यक्षतामा ५७ सदस्यीय समिति गठन गरेको जनाएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङको प्रमुख आथिथ्यतामा तथा प्रदेश सम्पर्क कमिटी प्रदेश १ को अध्यक्ष ईन्द्र भण्डारीको उपस्थितिमा समिति गठन गरेको जनाएको हो ।
समितिको उपाध्यक्षतामा हरिप्रसाद थापा,सचिवमा सुवास थेवे,सहसचिवमा लिला राई र कोषाध्यक्षमा ग्याम्जु शेर्पा रहनु भएको छ ।
त्यस्तै सदस्यहरुमा पिके शेर्पा,गिता राई,सुवास नेपाली,अनिल भट्टराई,दिपाल भण्डारी लगायत ५७ जना रहेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*