पु्र्नगठन भएकाे सम्पर्क मञ्च आधिकारिक होईन

हेल्प खबर
२७ पुष २०७७, सोमबार ०९:३५

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ताप्लेजुङ-काठमाडौ सम्पर्क मञ्चको नाममा केही दिेन अघि पु्र्नगठन भएको भनिएको सम्पर्क मञ्च आधिकारिक नभएको बताएको छ ।

ताप्लेजुङ-काठमाडौ सम्पर्क मञ्चले आईतवार एक विज्ञप्ती प्रकाशित गर्दै गत शुक्रवार २४ गते काठमाडौंमा ताप्लेजुङ- काठमाडौं सम्पर्क मञ्चको नाममा सम्पर्क मञ्च सम्मेलन आयोजक कमिटी गठन गरिएकोको आपति जनाउदै पार्टी एकताको मुल मर्म विपरित कुनै गुटको भेलावाट म्यादी-टिके शैलिवाट गठन भएका यस्ता विभाजित गतिविधि सहितकाे संगठनको आधिकारिकता नभएको सबैमा जानकारी गराएको छ ।

विज्ञप्तीमा २०७५ सालमा दुई पार्टीको एकता पछि पनि सम्पर्क मञ्चहरु एकता प्रक्रिया हालसम्म नटुङ्गिएको जानकारी गराउदै ताप्लेजुङ-काठमाडौं सम्पर्क मञ्च (पूर्व एमाले) र जनसम्पर्क मञ्च (पूर्व माओवादी केन्द्र) आधिकारिक रुपमा क्रियाशिल उल्लेख गरेका छ ।

ताप्लेजुङ-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष सन्तोष मादेन र ताप्लेजुङ काठमाडौं जनसम्पर्क मञ्चका अध्यक्ष मिङमाडण्डु लामाद्धारा हस्ताक्षरित विज्ञप्तीमा अमुक प्रलोभन र दवावमा नपरि पार्टी संगठनलाई उच्च सम्मान गर्न र निष्ठाको राजनीतिलाई रोज्न सवैमा अपिल समेत गरेको छ । गत शुक्रबार मिङमाकामी शेर्पाकाे अध्यक्षतामा सम्मेलन आयोजकसमिति गठन गरेकाे थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*