ट्रम्पको ट्विटर सँधैका लागि प्रतिबन्ध

हेल्प खबर
२५ पुष २०७७, शनिबार ०७:२८

एजेन्सी। माइक्रो ब्लगिङ सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्वीटर एकाउन्ट लाई स्थायी प्रतिबन्ध लगाइदिएको छ ।

ट्रम्प @realDonaldTrump हेण्डलमार्फत ट्विटर चलाउँथे । ट्वीटरले यसबारे जानकारी दिँदै भनेको छ । ‘उनले हालै गरेका ट्वीटलाई सूक्ष्म तरिकाले समीक्षा गर्दै र हालको घटनालाई मध्यनजर गर्दै हिंसा भड्काएको र जाखिमका कारण हमीले राष्ट्रपति ट्रम्पको अकाउन्ट स्थायी रुपमा प्रतिबन्ध गरिदिएका छौं ।’

यसअघि ट्वीटरले गत ६ जनवरीका दिन ट्रम्पको ट्वीटर हेण्डललाई १२ घण्टाका लागि ब्लक गरिदिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*