ताप्लेजुङमा एकैदिन २१ कोरोना संक्रमित थपिए

हेल्प खबर
१५ मंसिर २०७७, सोमबार १८:२१

ताप्लेजुङ : ताप्लेजुङमा सोमबार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । फुङ्लिङ नगरपालिकाकाका १३ र पाथीभरा याङ्वरक गाउँपालिकाले ८ गरी २१ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । यो सहित ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या ३५ पुगेको छ ।

स्वास्थ्य कार्यालय ताप्लेजुङका तथ्याङ्क अधिकृत हेमराज कठायतका अनुसार फुङलिङले ६० र याङ्वरकले २० जनाको स्वाब संकलन गरेर गत शुक्रबार परीक्षणका लागि पठाएका थिए ।

जिल्लामा कोरोना संक्रमणको अवस्था भयावह बनेको भन्दै सुरक्षाका उपाय अपनाउन प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले आग्रह गरेका छन्। ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*