चिस्यान केन्द्र बनाउन सहयोग गर्छु : मन्त्री भट्टराई

हेल्प खबर
२६ कार्तिक २०७७, बुधबार १७:११

ताप्लेजुङ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कृषि उत्पादन भण्डारको लागि चिस्यान केन्द्र बनाउन सहयोग गर्ने बताउनुभएको छ ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा बुधवार आयोजित कार्यक्रमलाई सम्बोधन गदै मन्त्री भट्टराईले सडक सञ्जालले गाउपालिका जोडिएकोले कृषि उत्पादन बढाउदै कृषि भण्डारको लागि चिस्यान केन्द्र बनाउने सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँले ताप्लेजुङमा अलैची उत्पादन बढी हुने हुदाँ अलैची प्रशोधन केन्द्र निर्माणमा सहयोग गर्ने समेत बताउनुभयो । कृषि क्षेत्रमा लाग्न युवाहरु लाग्न प्रोत्साहन गदै मन्त्री भट्टराई विदेशमा गएर १८ घण्टा काम गर्नु भन्दा आफनै गाँउघरमा आठ घण्टा काम गर्न काम गर्नु आग्रह गर्नुभयो ।
प्रधानमन्त्रीको आफ्नो जन्मथलो आठराईको इवा देखि ढुंगेसाघु सम्मको सडकको शिलान्यास गर्नुभएको छ र यो सडक बन्ने निश्चित छ । यो सडकले मदन भण्डारी राजमार्गलाई जोड्ने छ र तमोर करिडोरमा समेत जोडिने छ । यसले आठराई भेगको बिकासमा महत्वपूर्ण सहयोग पुर्याउने छ । स्थानीय उत्पादनलाई बजारसम्म लान सहयोग पुग्नेछ विश्वास ब्यक्त गर्नुभयो । सडकको सन्जालले जिल्लाको सबै ठाँउलाई ढाकेको छ र यसको स्तरोन्नतिमा अब हामीले जोड दिनुपर्ने छ ।
जिल्ला सदरमुकममबाट प्रत्येक गाँउपालिकालाई जोड्ने सडक आगामी २ वर्ष भित्र कालोपत्रे गर्ने सरकारको योजना छ । देशका विभिन्न भागमा उत्तर र दक्षिण जोड्ने ९ वटा सडक सरकारले बनाउन थालेको छ । तमोर करिडोर सडक आयोजना यसै मध्ये एक भएको बताउनुभयो । मन्त्री भट्टराईले आगामी २ वर्ष भित्र ताप्लेजुङको हरेक घरमा केन्द्रिय प्रशारण लाईन जनाउनुभयो ।
उहाँले सरकारले हरेक गाँउपालिकमा १५ शैयाको अस्पताल बनाउने घोषणा गरिसकेको छ । अब गाँउपालिकाले अस्पताल बनाउने जग्गा उपलव्ध गराउनु पर्छ सरकारले अस्पताल निर्माणको लागि अनुदान दिने बताउनुभयो ।
मन्त्री भट्टराईले शिक्षाको गुणस्तर बृद्दिमा शिक्षक साथिहरुले थप भूमिका खेल्नुपर्छ । विद्यार्र्थी मात्र हैन शिक्षकले पनि अध्ययन गर्ने बानि बसाल्नुपर्छ, नयाँ ज्ञानहरुबाट अपडेट हुनपर्ने धारणा राख्दै यसका लागि अभिभावक पनि सहयोगी र सक्रिय हुनुपर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*