अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ युट्युबमा
हेल्प खबर
२० कार्तिक २०७७, बिहीबार १६:२१
Views:
272
[addtoany]

काठमाडौं। अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ युट्युबमा रिलिज भएको छ।
यो अभिनेत्री थापाको डेब्यु चलचित्र हो। यद्यपि उनले ‘ए मेरो हजुर ३’बाटै बाल कलाकारको रुपमा भने चलचित्रको पर्दामा प्रवेश गरिसकेकी थिइन्। यो झरना थापाको निर्देशन र सुनिल कुमार थापाको निर्माणमा बनेको चलचित्र हो।
चलचित्रमा अनमोल र सुहानाका साथै सलोन बस्नेतको पनि मुख्य भूमिका रहेको छ। यो चलचित्र गत वर्षको चैत २९ मा हलमा रिलिज भएको थियो।