चीन जान पीसीआर र एन्टीबडी टेस्टको नेगेटिभ रिपोर्ट अनिवार्य

हेल्प खबर
१७ कार्तिक २०७७, सोमबार १४:३४

काठमाडौं। नोभेम्बर ४ देखि हवाई मार्ग मार्फत काठमाडौंबाट चीन जान चिनियाँ, नेपाली र अन्य विदेशी नागरिकले न्यूक्लिक एसिड (पीसीआर) र एन्टीबडी टेस्टको नेगेटिभ रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने भएको छ।

यसका साथै सिरम आइजीएम एन्टीबडी परीक्षणको नेगेटिभ रिपोर्ट पनि प्रस्तुन गर्नुपर्ने भएको छ। पछिल्लो समयमा चीन कोरोना भाइरस (कोभिड–१९) कमी आएपनि आयातीत केसको संख्या बढेको भन्दै चीन सरकारले सो नीति लागु गरेको हो।

नेपाल बाहेक अमेरिका, रसिया र बेलायतमा पनि चीनले सो नियम लागु गरेको छ। जहाज चढनुभन्दा ४८ घन्टा अगाडि सम्बन्धित देशमा रहेको चिनियाँ राजदुतावासले तोकेको सेन्टरबाट सो रिपोर्ट प्राप्त गर्नुपर्ने नियम लागु गरिएको चीनको सरकारी सञ्चारमाध्यम ग्लोवल टाइम्सले उल्लेख गरेको छ।

सो दुई सर्टिफिकेट प्राप्त गरेपनि स्वास्थ्य सम्बन्धी लोगोको लागि दुतावासमा निवदेन दिनुपर्छ। विशेषत रसियालाई लक्षित गरेर बनाइएको सो नियम अमेरिका, बेलायत, फ्रान्स, इटली र पोल्याण्डमा रहेका चिनियाँ दुतावासले सो प्रक्रिया कार्यान्वयन गरेको ग्लोवल टाइम्सले उल्लेख गरेको छ।

नेपाल लगायत यि मुलुकहरुमा कोभिड–१९ को संख्यामा बृद्धि भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*