भौतिक दूूरी कायम गरी कुुमारीको दर्शन गर्न सकिने

हेल्प खबर
८ कार्तिक २०७७, शनिबार १०:५०

काठमाडौं। बडादशैँका वेला राजधानीको वसन्तपुरस्थित जीवित देवी कुमारीको दर्शन गर्न सकिने व्यवस्था गरिएको छ। शनिबारदेखि कोजाग्रत पूर्णिमासम्म बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म भौतिक दूूरी कायम गरेर कुमारीको दर्शन गर्ने व्यवस्था गरिएको कुमारीघरले जनाएको छ।

पाटनकी गणकुमारी सार्वजनिक रूपमा प्रस्तुत हुने छैन। बडादशैँमा टाढैबाट एकान्तकुमारी, गणकुमारी र वसन्तपुरकी श्रीकुमारीको अवलोकन दर्शन भने हुनेछ। कोरोना सङ्क्रमणका कारण बच्न बचाउन यो प्रकारको दर्शन व्यवस्था भएको गुठी शाखा ललितपुरले जनाएको छ।

किलागल, साँखु, बुङ्गमती, टोखा, कीर्तिपुर लगायतका नेवारी प्रचलन अनुसार नेवारी बस्तीमा रहेका अन्य कुमारी पनि घरमै रहने भएका छन्। वसन्तपुरस्थित काठमाडौं दफ्तर क्लवले कुमारी दर्शनमा होसियारी अपनाउन आग्रह गरेको छ।

वसन्तपुरमा श्रीकुमारी, भक्तपुरमा एकान्तकुमारी र पाटनमा गणकुमारीको सांस्कृतिक क्षेत्रमा आफ्नै महत्व छ। भने नेवारी वस्तीमा प्रचलनमा रहेका कुमारीको छुट्टै महत्व छ। भक्तपुरमा अलग व्यवस्था भक्तपुरको एकान्तकुमारी भने घरमै रहेका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*