भारतमा कोरोनाबाट ८२ हजार बढिको मृत्यु, संक्रमित संख्या ५० लाख नाघ्यो

हेल्प खबर
३१ भाद्र २०७७, बुधबार ०७:१४

एजेन्सी। भारतमा कोरोना सङ्क्रमणका कारण हालसम्म ८२ हजार ९१ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा भारतमा १ हजार ५४ कोरोना सङ्क्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ।

पछिल्लो २४ घण्टामा ८३ हजार ८०९ संक्रमित थपिएका छन्। अघिल्लो २४ घण्टामा ९२ हजार ७१ कोरोना संक्रमित थपिएका तथ्यांकमा उल्लेख छ।  भारतमा हालसम्म ५० लाख १८ हजार ३४ जनामा कोरोना संक्रमण देखिसकेको तथ्यांकमा उल्लेख छ।

भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचीमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ। भारत कोरोना सङ्क्रमणको इपिसेन्टर बनेको छ। दैनिक ९६ हजारसम्म कोरोना संक्रमण पहिचान भइरहेको भारतमा सङ्क्रमणको दर बढ्दै गइरहेको छ।

लकडाउन–लुज डाउनको नीति परिवर्तन गर्दै सार्वजनिक सवारी तथा रेल सेवा सञ्चालनमा आएसँगै भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको तथ्यांकले देखाएको छ। ९६ हजार ५५१ कोरोना संक्रमित एकैदिन देखिने विश्वमै भारत मात्रै हो। अमेरिकामा एकैदिन सबैभन्दा धेरै ७४ हजार र ब्रजिलमा ६९ हजारसम्म संक्रमित भेटिएका थिए।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*