एकैदिन १४५९ जनामा कोरोना संक्रमण पुष्टि, ११ काे मृत्यु

हेल्प खबर
३० भाद्र २०७७, मंगलवार १६:४१

काठमाडौं । मंगलबार थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिनमा थपिएको यो संख्या हालसम्मकै उच्च हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५६ हजार ७८८ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६२ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४० हजार ६३८पुगेको छ।हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ छ। कुल संक्रमितमध्ये निको हुनेको दर ७१‍‍ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

यस अवधिमा मृतक ११ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३७१ सय छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*