ताप्लेजुङमा चट्याङ लागेर एक जनाकाे मृत्यु,पाँच घाईते

हेल्प खबर
१६ भाद्र २०७७, मंगलवार २१:०५

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका वडा न १० मा साेमवार चट्याङ लागेर एक महिलाकाे मृत्यु भएकाे छ ।
ताप्लेजुङ प्रहरी नायब उपरीक्षक महेन्द्रबहादुर श्रेष्ठका अनुसार फुङलिङ १० साविक फुरुम्बु का लाेकेन्द्र भट्टराईकी ३० बर्षिय दुर्गा बिष्ट भट्टराई मृत्यु भएकाे हाे । दिउसो ४ बजेर४० मा चट्याङ लागेर घाईते भएका भट्टराईकाे जिल्ला अस्पताल ताप्लेजुङ उपचारकाे क्रममा बेलुकी ८ बजेर १० मा मृत्यु भएकाे प्रनाउ श्रेष्ठ बताए ।

यस्तै सिरिजंघा गाउँपालिकाको तेल्लोकमा मंगलबार साँझ परेको चट्याङ लागेर पाँचजना घाइते भएको र उनीहरूको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको डिएसपी श्रेष्ठले बताए ।

तेल्लोकस्थित पेल्ट्रिक सेटको पावरहाउस र स्थानीय रामकुमार थेबे र राजकुमार थेबेको अलैँची बारीमा पनि चट्याङ परेको छ । डिएसपी श्रेष्ठका अनुसार पेल्ट्रिक सेटको पावरहाउसभित्र रहेका ३५ वर्षीय रामकुमार थेबे चट्याङ लागेर घाइते भएका छन् । यस्तै सोही ठाउँका १७ वर्षीय उमेश थेबे, सिरिजंघा गाउँपालिका– ५ पेदाङका ५० वर्षीय अर्थमान मावो, उनकी श्रीमती ४९ वर्षीया नरमाया र ६ वर्षीय छोरा अतिप घाइते भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*