प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोनमा कुराकानी

हेल्प खबर
३१ श्रावण २०७७, शनिबार १४:०३

काठमाडौ ।प्रधनमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोनमा कुराकानी भएको छ।

भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले टेलिफोन गरी भारतीय समकक्षी मोदीलाई शुभकामना दिएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली र मोदीबीच शनिबार टेलिफोनमा कुराकानी भएको बताए।करिब १० मिनेट कुराकानी भएको र भेटवार्तामा भएका कुराबारे परराष्ट्र मन्त्रालयले जानकारी दिने बताइएको छ।

‘प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ। अन्य जानकारी परराष्ट्र मन्त्रालयबाट आउनेछ,’ थापाले भने।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*