नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु

हेल्प खबर
१५ श्रावण २०७७, बिहीबार ०६:०३

काठमाडौं। कोरोना भाइरसको सङ्क्रमणबाट वीरगञ्जमा ७१ वर्षीय एक वृद्धको मृत्यु भएको छ। उनको उपचारको क्रममा नेशनल मेडिकल कलेजमा बुधबार दिउँसो मृत्यु भएको हो। उनको मृत्युपछि आएको रिपोर्टमा कोरोना भाइरसको सङ्क्रमण पोजेटिभ देखिएको बताइएको छ।

मिर्गौला र निमोनियाको समस्याबाट पीडित वृद्ध पखाला लागेका कारण अस्पताल भर्ना भएका थिए। उनको साउन ११ गते आइतबार नै पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब लिइएको थियो।

वृद्धको उपचारकै क्रममा मृत्यु भएको नेशनल मेडिकल कलेजका कोभिड फोकल पर्सन डा‍क्टर असरफ हुसैनले बताएका छन्। यसअघि वीरगञ्जमा बुधबार बिहान ६८ वर्षीय वृद्धको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको थियो। योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*