उपत्यकामा कोरानाको जोखिम बढ्यो, ३ नाकामा परीक्षण सुरु

हेल्प खबर
१४ श्रावण २०७७, बुधबार ०६:४८

काठमाडौं। उपत्यकामा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि सरकारले काठमाडौं प्रवेश गर्ने मुख्य तीन वटा नाकामा कोरोना परीक्षण सुरु गरेको छ।

त्यसका लागि अहिले नमुना सङ्कलनको काम भइरहेको छ। काठमाडौं। प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा, साँगा र फर्पिङ नाकामा नमुना सङ्कलन भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुुसार मंगलबार दिउँसो ४ बजेसम्ममा यी नाकाबाट चार हजार आठ सय १३ वटा नमुना सङ्कलन गरिएको छ। नागढुङ्गामा दुई हजार नौ सय १४ जनाको नमुना सङ्कलन गरिएको छ।

यस्तै फर्पिङ नाकाबाट नौ सय ५५ र साँगा नाकाबाट नौ सय ४४ वटा नमुना सङ्कलन गरिएको छ। सङ्लन गरिएको नमुनाको परीक्षणपछि आवश्यक सुरक्षा सतर्कता अपनाउने सरकारको तयारी छ। मङ्गलबार काठमाडौं उपत्यकाका ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*