पार्टी जटिल अवस्थामा पुग्यो मन्त्री भट्टराई

हेल्प खबर
१३ श्रावण २०७७, मंगलवार १७:४९

काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अहिले पार्टी अत्यन्तै जटिल अवस्थामा पुगेको बताउनुभएको छ ।
आज नेपाल कम्युनिष्ट पार्टी ताप्लेजुङले काठमाण्र्डाैमा उपलब्ध नेताहरुसँग गर्नु भएको छलफल तथा अन्र्तक्रिया कार्यक्रममा स्थायी कमिटी सदस्य समेत रहुन भएका मन्त्री भट्टराईले सो कुरा बताउनुभएको हो ।
पार्टीका जिल्ला अध्यक्ष विजयप्रकाश वनेमको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री भट्टराईले कम्युनिष्टहरुको सात दशक लामो अन्तरालपछि दुरगार्मी निर्णय भनेको पार्टी एकता भएको बताउदै एकता जोगाउन नेतृत्वलाई सवैले आ आफनो तहबाट परिस्थतिको बोध गराउन आग्रह समेत गर्नुभयो ।
मन्त्री भट्टराईले एकतालाई जोगाउन कसैले छोड्न परे छोडौला लिन परे लिऔला भन्दै पार्टी अहिलेको अवस्थामा जनताले नेकपालाई अभूतपूर्व अवसर दिएको बताउदै गरीबी घटाउने ,जातिय विभेद हटाउने ,सामाजिक सद्भाव कायम राख्ने ,शिक्षा स्वास्थ्य,रोजगार बढाउने काम गर्नु पर्ने धारण राख्नुभयो ।
मन्त्री भट्टराईले ताप्लेजुङको पाथीभरा क्षेत्रमा देखिएको समस्यालाई ईगित गदै स्थानीयको पहिचान तथा जातिय संस्कृतिलाई संरक्षण तथा सम्बद्र्धन गदै विकास निर्माणलाई पनि अघि बढाउनुपर्ने बताउनुभयो ।


उहाँले ताप्लेजुङको सुकेटार विमानस्थलको रनवेको विस्तार गरी एक हजार मिटरको बनाई कालोपत्रे गर्ने काम शुरु भएको बताउदै रनवे विस्तार पछि एटीआर ४२ सिटे हवाईजहाज बस्न सक्ने एयरपोर्ट हुने र सो एटीआर हवाईजहाज कम भिजिबिलिटीमा समेत अवतरण गर्न सक्ने भएकोले ताप्लेजुङ पर्यटनको लागि लुक्ला पछिपछि सुकेटारमा धेरै पर्यटक जाने समेत बताउनुभयो ।
उहाँले पार्टीका जिल्ला नेतृत्वलाई बाँकी रहेका एकता प्रक्रिया चाँडो टुङग्याउन समेत निर्देशन दिनुभयो । छलफलमा नेकपाका केन्द्रिय सदस्य पासाङ शेर्पा, केन्द्रिय सदस्य तथा प्रदेश न १ का संसदियदलका उप नेता टंक आङबुहाङ, केन्द्रिय सदस्य जिल्ला ईन्चार्ज भाष्कर काफ्ले, प्रदेश कमिटी सदस्य मिङमाडण्ड शेर्पा, पूर्व राज्यमन्त्री ओङदी शेर्पा,पूर्व सांसद कुलप्रसाद उप्रेती,डम्बरध्वोज तुम्वाहाम्फे लगायतका उपस्थिति रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*