उपत्यकामा ५३ सहित नेपालमा थप ३११ मा कोरोना पुष्टि

हेल्प खबर
१३ श्रावण २०७७, मंगलवार १६:५१

काठमाडौं। मंगलबार काठमाडौं उपत्यकामा हालसम्मकै धेरै संक्रमित देखिएका छन्। मंगलबार उपत्यकामा थप ५३ जना कोरोना संक्रमित पुष्टि भएका छन्। यो संख्यासँगै उपत्यकामा कूल कोरोना संक्रमितको संख्या ४७७ पुगेको छ।

मंगलबार काठमाडौंमा ४८, ललितपुरमा ४ र भक्तपुरमा १ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको छ। काठमाडौंमा कोरोना संक्रमित हुनेको व्यक्तिको संख्या ३३६ ललितपुरमा ९० र भक्तपुरमा ५० पुगेको छ।

मंगलबार देशभर ३११ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा देशभर ३११ जना थप कोरोना भाइरस संक्रमित थपिएपछि कूल संक्रमितकोे संख्या भने १९ हजार ६३ पुगेको छ।

१२१ जना व्यक्ति संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म निको हुनेको संख्या १३ हजार ८७५ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*