पार्टी दुर्घटना नजिक पुग्यो : मन्त्री योगेश भट्टराई

हेल्प खबर
१३ श्रावण २०७७, मंगलवार १४:५१

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भित्रको विवादले पार्टी विभाजनतिर गईरहेको अनुमान भइरहेका बेला स्वयम् नेकपाका नेता तथा पर्यटनमन्त्री योगेश भट्टराईले पार्टी दुर्घटना नजिक पुगेको बताएका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक स्थगित गरेको सूचना जारी गरेको अवस्थामा इतर समूहले बैठकलाई निरन्तरता दिएपछि भट्टराईले यस्तो बताएका हुन्।

नेकपाका दुई अध्यक्षबीचको विवाद समाधान गर्न मध्यस्थताको भूमिका निर्वाह गर्दै आएका नेता योगेश भट्टराईले ट्वीटरमार्फत भनेका छन्, ‘दुर्घटना नजिक देखिन्छ। सबै रोकिऔं। सल्लाह गरौं।’

नेकपाभित्र विवाद उत्कर्षमा पुगिरहेका बेला ओली इतर समूहले स्थायी कमिटी वैठकलाई बैठकलाई निरन्तरता दिएको छ। बिहान प्रधानमन्त्री ओलीले एकल निर्णय गर्दै बैठक स्थगित गरेको बताए पनि अहिले इतर समूहले बैठकलाई निरन्तरता दिएको हो।

अहिले भर्खरै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा नेकपा स्थायी कमिटी वैठक शुरु भएको छ। वैठकमा अर्का अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित भएका छन्। यसअघि प्रचण्ड–माधव नेपाल र झलनाथ खनाल समूहले अध्यक्ष ओलीबारे वहुमत प्रक्रियाबाट निर्णय लिइने बताइसकेका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*