सुनको भाउ घट्यो

हेल्प खबर
१८ असार २०७७, बिहीबार ११:४४

काठमाडौं। सुनको भाउ घटेको छ। एकैदिन ७ सय रुपैयाँ घटेको हो। हिजो तोलामा ९१ हजार ७ रुपैयाँ पुगेर सुनको भाउले नयाँ रेकर्ड बनाएको थियो। तर आज फेरि घटेर ९१ हजार रुपैयाँ नै तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

गएको आइतबार र सोमबार पनि सुनको भाउ तोलाको ९१ हजार रुपैयाँ नै तोकिएको थियो। त्यसपछि मङ्गलबार २ सय रुपैयाँ बढेर तोलाको ९१ हजार २ सय रुपैयाँ पुगेको थियो। कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ अस्थिर रहेको छ।

चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको ९ सय ५० रुपैयाँ पुगेको छ। चाँदी हिजो तोलामा १५ रुपैयाँ बढेर ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*