मन्त्री भट्टराईले कोरोना कोषमा जम्मा गरे ५६ लाख

हेल्प खबर
१७ असार २०७७, बुधबार १२:४२

काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफनो स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा विनियोजना भएको रकम कोरोना कोषमा जम्मा गर्नु भएको छ ।

ताप्लेजुङमा विनियोजित स्थानीय पूर्वाधार कार्यक्रमको रकम मध्ये यस आ.ब.२०७६।०७७मा खर्च नभएर बाँकी रहेको ५६ लाख ९८ हजार २५७ रुपैया स्थानीय तहको कोभिड कोषमा जम्मा गरेका मन्त्रीको सचिवालयले जनाएको छ ।

पर्यटन मन्त्री सचिवालयद्धारा जारी विज्ञप्तीमा भनिएको छ । कोभिड — १९ को रोकथाम नियन्त्रण, निदान र उपचारमा खर्च गर्ने गरी नेपाल सरकार मन्त्रीपरिषदबाट भएको निर्देशन बमोजिम ताप्लेजुङ जिल्लामा विनियोजित रकम प्रतिनिधिसभा सदस्य तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री योगेश भट्टराईले फुङलिङ फङलिङ नगरपालिकाृ २१ लाख २३६,सिदिङवा गाउपालिकाको २५ लाख ४२ हजार २५,आठराई त्रिवेणी गाउपालिकाको ९ लाख ८७ हजार ७५७,सिरिजंघा गाउपालिका ६० हजार ५३९र मैवाखोला गाउपालिका ७ हजार ६२५ रुपैया स्थानीय तह कोराना रोकथाम, नियन्त्रण र उपचार कोषमा रकमान्तरण गर्नु भएको छ ।
रकम

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*