प्रवासी नेपालीद्वारा सोती घटनाका पीडित परिवारलाई आर्थिक सहयोग

हेल्प खबर
१७ असार २०७७, बुधबार ११:४६

जाजरकोट। साँफेबगर नगरपालिका–३ अछाम घर भई हाल भारतको पुणेमा बस्दै आएका प्रवासी नेपालीहरूले रुकुमपश्चिम सोती घटनामा हत्या गरिएका नवराज बिकसहित ६ जनाका परिवारलाई आर्थिक सहयोग गरेका छन्। सिद्धेश्वर प्रगतिशील समाज मार्फत पुणे र नेपालमा विभिन्न व्यक्‍तिहरूबाट सङ्कलित रकमबाट प्रतिपरिवार १२ हजारका दरले एकमुष्ट ७२ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको अभियन्ता जयसिंह आउजीले बताएका छन्।

उक्त रकम मङ्गलबार जाजरकोटको भेरी नगरपालिका प्रमुख चन्द्र प्रकाश घर्तीको रोहबरमा मृतकका परिवारलाई हस्तान्तरण गरिएको उत्पीडित युवा समाज रुकुमपश्चिम चौरजहारीका अध्यक्ष गणेश महरले जानकारी गराए गराएका छन्। सिद्धेश्वर प्रगतिशील समाजले केही दिनअघि अछामको बयालपाटा हस्पिटलले जागिरबाट निकाले पछि पेट्रोल छर्केर आत्मदाह गरेका सिद्धार्थ आउजीका परिवारलाई १५ हजार आर्थिक सहयोग गरेको थियो।

रुकुमपश्चिमको चौरजहारी नगरपालिका—८, सोतीमा गत जेठ १० गते अन्तरजातीय प्रेम विवाह गर्न गएका जाजरकोटका नवराज बिकसहित ६ जनाको हत्या गरिएको थियो भने अछामका सिद्धार्थ आउजीले जागिरबाट निकालिएपछि गत जेठमा शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाह गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*